दफा ६१२
लिजमा लिएको वस्तुको असल नियतबाट प्रयोग गर्नु पर्ने

(१) लिज प्राप्तकर्ताले लिजमा लिएको वस्तु असल नियतले विवेकपूर्ण ढङ्गबाट आफ्नै स्वामित्वको वस्तु सरह भोगचलन रप्रयोग गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम लिजमा लिएको वस्तुको भोगचलन र प्रयोग गर्दा लिज करारको उद्देश्य अनुरूप गर्नु पर्नेछ ।
(३) उपदफा (१) वा (२) को प्रतिकूल हुने गरी लिजमा लिएको वस्तुको भोगचलन वा उपभोग भएको प्रमाणित भएमा लिजदातालेत्यस्तो करार कुनै पनि बखत अन्त्य गर्न सक्नेछ ।